अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३१ | Colorodo: 11:46

नेकपा अध्यक्षद्वय ओली र प्रचण्डविरुद्धको मुद्दा तामेली पठाउने सर्वोच्चको आदेश

बिआरटीनेपाल २०७७ असोज ६ गते ७:३७ मा प्रकाशित

सर्वोच्च अदालतले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने निर्णय गरेको छ । आज न्यायाधिश तेजबहादुर केसीको एकल इजलासले तत्कालीन एमाले र माओवादी केन्द्रको अध्यक्षका हैसियतमा दायर भएको अवहेलना मुद्दा तामेलीमा पठाउने आदेश दिएको हो ।

२०७४ मंसिर १० हुने प्रतिनिधिसभाको चुनावमा वाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका दुई दलका अध्यक्षले जसरी पनि चुनाव हुनुपर्ने अभिव्यक्ति दिनुभएको थियो । तत्कालीन राजपाका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव छुट्टाछुट्टै हुनुपर्ने भन्दै रिट दायर गर्नुभएको थियो । सर्वोच्चले पनि उहाँको माग बमोजिमको आदेश जारी गरेको थियो ।

शुक्लाले ओली र दाहालले अदालतको आदेशविरुद्ध अभिव्यक्ति दिएको भन्दै २०७४ कार्तिक १३ गते सर्वोच्चमा अवहेलना मुद्दा दर्ता गर्नुभएको थियो । उक्त मुद्दामाथि सुनिवाई गर्दै आज सर्वोच्चले निवेदकले नै तारिख गुजारेको भन्दै मुद्दालाई  तामेलीमा पठाउने निर्णय गरेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू