अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१४ | Colorodo: 06:29

१६ वर्ष उमेर समूहमा मानसिक समस्या बढी रहेको खुलासा

बिआरटीनेपाल २०७७ असोज ६ गते ७:३५ मा प्रकाशित

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक सर्वेक्षणले १६ वर्षका उमेर समूहका सात दशमलव सात प्रतिशत किशोर–किशोरीमा बढी मानसिक समस्या रहेको देखाएको छ । परिषद्ले राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण सार्वजनिक गर्दै किशोरीमा पाँच दशमलव तीन प्रतिशत र किशोरमा पाँच प्रतिशतमा मानसिक स्वास्थ्य समस्या रहेको देखिएको जनाएको हो ।

प्रदेशतगत विवरण हेर्दा सबैभन्दा बढी प्रदेश एकका किशोरकिशोरीमा मानसिक समस्या ११ दशम्लव चार प्रतिशत रहेको सर्वेक्षणमा भनिएको छ । सर्वेक्षणले पाँच दशमलव दुई प्रतिशत किशोरकिशोरी मानसिक समस्या रहेको, शून्य दशमलव प्रतिशत किशोरकिशोरीमा उदासिनता, तीन दशमलव नौ प्रतिशत किशोरकिशोरीमा हालको अवस्थामा आत्महत्याको सोच रहेको उल्लेख गरेको छ ।

सर्वेक्षणमा आएको परिणाम अनुसार १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालमा कुनै न कुनै समयमा र चार दशमलव तीन प्रतिशत वयस्कमा हालको अवस्थामा पनि मानसिक समस्या रहेको पाइएको छ । त्यसैगरी ६ दशमलव पाँच प्रतिशत वयस्कमा हालको अवस्थामा आत्महत्याको सोच रहेको र एक दशमलव एक प्रतिशत वयस्कले आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेको पाइएको छ । प्रदेशगत विवरण हेर्दा वाग्मती प्रदेशको वयस्कमा सबैभन्दा धेरै अर्थात पाँच दशमलव नौ प्रतिशतमा हालमा मानिसमा समस्या रहेको देखिएको छ ।

वयस्क उमेर समूहभित्रका महिला र पुरुषको तुलना गरेर हेर्दा पाँच दशमलव नौ प्रतिशत महिलामा र तीन दशमलव चार प्रतिशत पुरुषमा मानसिक समस्या रहेको पाइएको छ । परिषदले जनवरी २०१९ देखि जनवरी २०२० सम्म नेपालका सातै प्रदेशमा गरेको मानसिक स्वास्थ्य सर्वेक्षणमा जम्मा १५ हजार ८८ जनामा सर्वेक्षण गरिएको थियो । सर्वेक्षण अनुसार २३ प्रतिशत वयस्कले आफूमा लक्षण देखिएपश्चात चिकित्सक वा अन्य व्यक्तिसँग सहयोग मागेको देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू