अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०९ | Colorodo: 00:24

विश्वभर २ करोड ३१ लाख ४६ हजार ९५ कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ असोज ६ गते ७:२२ मा प्रकाशित

विश्वभर हालसम्म २ करोड ३१ लाख ४६ हजार ९५ कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार, विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ३ करोड १५ लाख २९ हजार १ सय ८७ पुगेको छ । हालसम्म, कुल सङ्क्रमितमध्ये ९ लाख ७० हजार २ सय १२ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि ७४ लाख १२ हजार ८ सय ८० जना संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ६१ हजार ९ सय ५२ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, ७३ लाख ५० हजार ९ सय २८ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म ७० लाख ४६ हजार ८ सय ३९ जना संक्रमित भएका छन् भने २ लाख ४ हजार ५ सय ५९ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ५५ लाख ६८ हजार ७ सय ४० जना संक्रमित हुँदा ८८ हजार ९ सय ९२ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ४५ लाख ६० हजार ८३ जना संक्रमित भएका छन् भने १ लाख ३७ हजार ३ सय ५० जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू