अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२३ | Colorodo: 02:38

अनसनरत् डा. केसीलाई शिक्षण अस्पताल जान रोक, जबरजस्ती ट्रमा सेन्टर लगियो

बिआरटीनेपाल २०७७ असोज ६ गते ७:२० मा प्रकाशित

चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनशनरत डा. गोविन्द केसीलाई आफैले बर्षौ काम गरेको संस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल जानबाट रोकिएको छ । विभिन्न माग राखी जुम्लामा अनशनरत डा. केसीको स्वास्थ्य अवस्था कमजोर भएपछि उहाँ अनशनकै क्रममा सोमबार काठमाडौं पुग्नुभएको थियो । टिचिङ अस्पताल महाराजगञ्ज ल्याउने भनेर त्यहीको गाडी डा केसीलाई लिन विमानस्थल पुगेको पनि थियो । गत वर्षमात्र डा. केसीले शिक्षण अस्पतालबाट अवकाश पाउनु भएको थियो ।

तर गाडीमा बसिसकेपछि प्रहरीहरुले उहाँलाई टिचिङ हस्पिटलमा जान नदिएर जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टर लगेका हुन् । नेपालगञ्जबाट विमानमा काठमाडौं जानुभएका केसीलाई त्रिभुवन विमानस्थलमा ओर्लनेबित्तिकै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरतर्फ लगेको हो । जबरजस्ती ट्रमा सेन्टर पुर्याईएका डा. केसी त्यहाँ जान नमानेपछि प्रहरीले दुव्र्यवहार नै गरेको उहाँको सहयोगीले बताएका छन् । डा. केसीलाई ट्रमा सेन्टरको आकस्मिक कक्षमा लगिएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन थाल्न, हरेक प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्न, पीसीआर परीक्षणलाई तिब्र पार्न, देशमा भएका सबैखाले भ्रष्टाचारमाथि छानबिन गर्न, अीख्तयारका पदाधिकारीहरुमाथि छानबिनका लागि न्यायिक आयोग बनाउन उहाँले माग गर्दै डा.केसीले भदौ २९ गतेबाट जुम्लामा १९ औं अनशन थाल्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू