अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१३ | Colorodo: 02:28

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको शानदार सुरुवात

बिआरटीनेपाल २०७७ असोज ६ गते १:५१ मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शानदार सुरुवात गरेको छ । नयाँ सिजनको आफ्नो पहिलो खेलमा सिटीले गएराति वुल्भरह्याम्पटन वान्डरर्सलाई ३–१ ले पराजित गर्‍यो ।

म्यान सिटीका लागि केभिन डे ब्रायन, फिल फोडेन र ग्याब्रियल जिससले एक एक गोल गरे । पराजित टोली वुल्भरह्याम्पटनका राउल जिमिनेजले एक गोल फर्काए ।

प्रिमियर लिगकै अर्को खेलमा एस्टन भिल्लाले शेफिल्ड युनाईटेडलाई १–० ले हराएको छ । जारी सिजनको प्रिमियर लिगमा शेफिल्डको यो लगातार दोस्रो हार हो भने एस्टन भिल्लाको पहिलो खेलमा पहिलो जित हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू