अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३३ | Colorodo: 05:48

गुल्मीको पहिरोमा पुरिएका दुई जनाको शव निकालियो

बिआरटीनेपाल २०७७ असोज ६ गते १:२७ मा प्रकाशित

गुल्मीको इस्मा गाउँपालिका २ हस्तिचौरको स्यालामा पहिरोमा पुरिएका दुई जनाको शव निकालिएको छ ।

पहिरोमा पुरिएका इस्मा गाउँपालिका २ रातामाटाका ३९ वर्षका प्रेमबहादुर कुमाल र स्थानीय ५ वर्षका सफल कुमालको शव आज बिहान निकालिएको प्रहरीले जनाएको छ । सडकमा हिँडिरहेका बेला पहिरो खसेपछि दुवै जना बेपत्ता भएका थिए ।

पहिरोमा परेर स्थानीय तिलक कुमाल घाइते हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू