अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१४
| Colorodo: 02:29
नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह गर्नुभएको छ । कोभिड – १९ सामान्य रोग नभई ज्यान नै लिन सक्ने भएकाले सचेत रहन उहाँले सबैलाई आग्रह गर्नुभएको हो ।
मंगलवार सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नुभएको छ, ‘आफ्नो सुरक्षामा कतै न चुक्नु होला, यो सामान्य रोग होइन । यसले ज्यान लिन सक्छ।’ लामाले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भएको जानकारी दिनुहुँदै डिस्चार्ज हुने विश्वाससमेत व्यक्त गर्नुभएको छ । फेसबुकमा लेख्नुभएको छ, ‘एकदम जटिल अवस्थाबाट पार भइ पुनः स्वस्थ बन्दै छु । अबको केही दिनपछि डिस्चार्ज हुने आशा राखेको छु ।’
कोरोना संक्रमित क्याप्टेन लामा स्टार अस्पताल ललितपुरमा उपचाररत हुनुहुन्छ । कोरोनाविरुद्ध २ हप्तादेखिको लडाइँमा आफ्नो स्वास्थ्यमा धेरै सुधार भएको पनि उहाँले जानकारी दिनुभयो ।