अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३७ | Colorodo: 17:52

जुम्लामा आठ दिनदेखि अनसनरत डा. गोविन्द केसी काठमाण्डौ प्रस्थान

बिआरटीनेपाल २०७७ असोज ५ गते ७:१८ मा प्रकाशित

जुम्लामा आठ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसी काठमाण्डौ जान जुम्लाबाट नेपालगञ्जबाट पुग्नुभएको छ । डा. केसीले विज्ञप्ति निकालेर काठमाण्डौबाटै सत्याग्रह जारी राख्ने निर्णय गरेपछि जुम्लाबाट उहाँ विमानमार्फत नेपालगञ्ज पुग्नुभएको हो ।

डाक्टर केसीकै इच्छानुसार उहाँलाई चिकित्सकको साथमा पठाइएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । उहाँलाई सोमबार समिट एअरको जहाजमा नेपालगञ्ज पठाइएको नागरिक उड्यन प्राधिकरण जुम्लाका प्रमुख महेन्द्र सिंहले बताउनुभयो ।

डा. केसीले सरकारले मागको विषयमा कुनै सम्बोधन नगरेको र पहिलेको अनसनमा अस्पतालमै राज्यले तोडफोड गरेको आरोप लगाउँदै फेरि पनि यस्तो हिंसा हुन नदिन जुम्लाबाट काठमाण्डौको यात्रा सुरु गरेको बताउनुभएको छ । यसअघि अनसनस्थल धर्मशालाबाट अस्पताल लगिएपछि डाक्टर केसीले कुनै पनि स्वास्थ्य जाँच गर्न मान्नुभएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू