अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१४ | Colorodo: 17:29

मन्त्रिपरिषद् पुनर्गठनको तयारी

बिआरटीनेपाल २०७७ असोज ५ गते ७:०३ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ । अध्यक्षद्वयबीच आज भएको भेटघाटमा मंगलबार मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे छलफल भएको हो ।

स्रोतका अनुसार मंगलबार मध्यान्ह बोलाइएको सचिवालय बैठकभन्दा अगाडि नै मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरिएको छ । मन्त्रिपरिषदमा सामेल हुने सदस्यहरुका बारेमा प्रधानमन्त्री र अध्यक्ष दाहालबीच छलफल भएको बालुवाटार स्रोतको दाबी छ ।

भेटघाटमा प्रचण्ड र ओलीबीच सम्भावित मन्त्रीहरुको बारेमा छलफल भएको तर मन्त्रीहरुको टुङ्गो लगाउने जिम्मेवारी प्रधानमन्त्री ओलीलाई नै दिइएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू