अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२२ | Colorodo: 23:37

नेकपा सचिवालयको बैठक भोली सम्मका लागि स्थगित

बिआरटीनेपाल २०७७ असोज ५ गते ३:२८ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । आज अपरान्ह १ बजे बस्ने भनिएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको पार्टी उपाध्यक्ष तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठले ट्वीट गर्दै पार्टीको आज अपरान्ह १ बजे पेरिसडाँडामा बस्ने तय भएको बैठक भोलि मध्यान्ह १२.३० बजे बालुवाटारमा बस्ने तय भएको उल्लेख गर्नुभएको छ । हिजो सरकार हेरफेरमा सहमति भएको सचिवालय बैठकमा आज को को मन्त्री भन्ने विषयमा छलफल हुने तय भएको थियो ।

सचिवालयका सदस्यहरुले राम्रा काम गर्नेहरुलाई निरन्तरता दिदै विवादित मन्त्रीहरुलाई बिदाइ गर्न सुझाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू