अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३९ | Colorodo: 01:54

विश्व बजारमा नेपाली चिया, १२ कम्पनीले लोगो पाउँदै

बिआरटीनेपाल २०७७ असोज ५ गते २:१७ मा प्रकाशित

नेपालमा चिया उत्पादन शुरु भएको १ सय ५७ वर्षपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली चिया निर्यात हुने भएको छ । ‘नेपाल टी क्वालिटी फ्रर्म द हिमालयाज’ लोगो अङ्कित चिया अब विश्व बजारमा निर्यात हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख इन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

कार्यविधि बनेर लोगो कार्यान्वयनको चरणमा पुगेको पुगेको बताउनुहुँदै उहाँले उहाँले पहिलो चरणमा देशभरका १२ वटा कम्पनीले लोगो पाउने बताउनुभयो । मापदण्ड पूरा गरेर क्रमशः अन्य उद्योगलाई पनि लोगो प्रदान गरिने अधिकारीको भनाइ छ । स्वास्थ्य, वातावरणीय, पर्यावरणीय लगायतका मापदण्ड पूरा गरेपछि मात्र लोगो पाउने उहाँले बताउनुभयो ।

प्रमुख अधिकारीका अनुसार हाल प्रदान गरिने लोगो अर्थोडक्स चियाका लागि हो । लोगो कार्यान्वयनमा आएपछि विश्व बजारमा नेपाली चियाको विश्वसनीयता बढ्ने प्रमुख अधिकारी बताउनुहुन्छ । ‘कानूनी मान्यताप्राप्त लोगो नहुँदा नेपाली चियाले विदेशमा त्यति धेरै विश्वास आर्जन गर्न सकेको थिएन’, उहाँले भन्नुभयो, ‘लोगो कार्यान्वयनमा आएपछि नेपाली चिया क्षेत्रमा धेरै फाइदा पुग्ने छ ।’ विदेश निर्यात हुने कृषिजन्य वस्तुमा चिया प्रमुख बालीमा पर्छ ।

प्रतिक्रिया