अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४६ | Colorodo: 20:01

इलामेलीहरुको विश्व भेला सम्पन्न

बिआरटीनेपाल २०७७ असोज ४ गते ११:४० मा प्रकाशित

संविधान दिवसको अवसर पारेर विश्व इलामेली भेला २०२० (Global Ilameli Meet 2020) को भर्चुअल कार्यक्रम हिजो २०७७ असोज ३ गते सम्पन्न भयो । आगामी वर्ष “विश्व इलाम समृद्धि सम्मेलन” को आयोजना गर्ने घोषणासहित सात बुँदे घोषणा पत्र जारी गर्दै इलामेलीहरुको विश्व भेला सम्पन्न भएको हो ।

इलाम जिल्ला समन्वय समिति, इलाम विकास समाज, काठमाडौँ र इलामेली समाज प्रदेश न. १ को संयुक्त पहलमा सो कार्यक्रमको आयोजना गरिएको थियो । समितिका संयोजक गणेश बरालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्व प्रधानमन्त्री माननीय झलनाथ खनाल, संविधान सभाका अध्यक्ष माननीय सुवासचन्द्र नेम्वाङ, पूव मन्त्री कुलबहादुर गुरुङ, प्रदेश न. १ का माननीय कृषि राज्यमन्त्री राम राना, माननीय सासदहरु सुजाता परियार, खिनु लिङवाले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको अवधारणा, औचित्य र उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो । सो कार्यक्रममा इलामेली समाज प्रदेश न. १ का अध्यक्ष कृष्ण शाह, इलाम विकास समाजका महासचिव प्रदीप घिमिरेले संस्थागत अवधारणा प्रस्तुत गर्नु भएको थियो । यसै गरी समाज कल्याण परिषद्का कोषाध्यक्ष लोकनाथ सुवेदी, तिलक राई (मेयर धरान नगरपालिका), इलाम विज्ञ युद्धप्रसाद वैद्य, प्राज्ञ नन्दु उप्रेती, डा. चूडामणि खनाल (अमेरिका), शोभा घिमिरे (फ्लोरिडा), रवीन्द्र भट्टराई, रवीन्द्रनाथ भट्टराई, मदन भट्टराई, मिलन लामा, मौसम खनाल, यशोदा कायस्थ, तिलोत्तमा खत्री, पुष्पनारायण दाहाल आदिले पनि आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

यसै गरी अमेरिका प्रतिनिधि विजेन्द्र गुरुङ, बेलायत प्रतिनिधि गजेन कटुवाल, कतार प्रतिनिधि प्रेम सागर सुवेदी, हङकङ प्रतिनिधि वसन्त विपिन, कोरिया प्रतिनिधि केदार निरौला, मलेसियाका प्रतिनिधि योगेन घिमिरे, क्यानडाका प्रतिनिधि सुलोचना कर्माचार्यले पनि आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा प्राज्ञ सुभद्रा भट्टराई, नरेन्द्र गुरुङ, प्रमीला राई (यु.के.), गणेश पराजुली (हङकङ), सुमित्रा राई (बेलायत), डम्बर पहाडी, मिना गुरुङलगायतको उपस्थिति रहेको थियो । अन्य सांसदहरू, राजनीति दलका प्रतिनिधिहरू, इलामका सबै स्थानीय तहहरू, विश्वभर रहेका इलामेली समाज र विभिन्न क्षेत्रका विज्ञहरू तथा प्रतिनिधिहरूले आफ्नो धारणा राख्नु भएको थियो ।

विश्वभर छरिएर रहेका इलामेलीहरुलाई एकीकृत गर्दै एक आपसमा भाइचारा कायम गर्ने, ज्ञान, सीप र क्षमतामा अभिवृद्धि गरी स्रोतको परिचालन गर्दै समुन्नत र समृद्ध इलामको निर्माण गर्ने र कोभिड–१९ का कारण इलाम र इलाम बाहिर रहेका इलामेलीहरुमा कठिनाइ भएमा आपसी सरसहयोग आदानप्रदान गर्ने मुख्य उद्देश्य केन्द्रित भई भेला आयोजना गरिएको हो ।

यसै गरी सो भेलाले विश्वभरि रहेका इलामेलीहरुको तथ्याङ्क सङ्कलन गर्दै अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गर्ने, कोभिड १९ को संक्रमणबाट बच्न सबै इलामेलीबीच सूचना आदानप्रदान गर्ने र इलामलाई महामारीबाट बचाउन विश्वभरबाट इलामको स्वास्थ्य संस्थाहरूको स्तर वृद्धिमा सहयोग गर्ने, इलामको उत्पादन र पर्यटनलाई विश्व बजारमा बजारीकरणका लागि पहल गर्ने, इलामको पर्यटन विकास र कृषि औद्योगीकरणको लागि स्रोतमा साझेदारी र लगानी गर्ने, इलामको सम्मृद्धीमा प्रयोग भएका सफल अभ्यासहरूलाई देशको अन्य जिल्लाहरूमा विस्तार गर्न साझेदारी र सहजीकरण गर्ने, इलामलाई पूर्ण साक्षर जिल्लाको रूपमा घोषणा गर्न तथा इलामलाई शैक्षिक हब बनाउन पहल गरिने र आगामी वर्ष सहज परिस्थिति भएमा इलाममा “विश्व इलाम समृद्धि सम्मेलन” को आयोजना गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू