अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५१ | Colorodo: 07:06

बेलायतमा सेल्फ आइसोलेशन तोड्नेलाई १० हजार पाउण्डसम्म जरिवाना

बिआरटीनेपाल २०७७ असोज ४ गते ७:३४ मा प्रकाशित

कोरोना संक्रमितको संख्या लगातार वृद्धि हुन थालेपछि बेलायती सरकारले कडा नियम लागू गर्ने भएको छ । सेल्फ आइसोलेशनको आदेशलाई तोड्ने आफ्ना नागरिकलाई बेलायती सरकारले १० हजार पाउन्डसम्म जरिवाना तोक्ने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले नयाँ व्यवस्था घोषणा गर्दै स्वास्थ्य मापदण्ड पालना नै रोगबाट बच्न अचुक उपाय भएको बताउनुभएको छ ।

सेप्टेम्बर २८ तारिख यता कोरोना संक्रमित व्यक्ति र संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरु सेल्फ आइसोलेशनमा बस्नुपर्ने व्यवस्था गरिएको छ । सरकारले कम आय श्रोत भएकालाई ५ सय पाउन्डको आर्थिक सहयोग दिने पनि जनाइएको छ । हिजो मात्र बेलायतमा साढें ४ हजार बढी नयाँ संक्रमित भेटिएका थिए भने २७ जनाको मृत्यु भएको थियो ।

नयाँ कानुन अनुसार सेल्फ आइसोलेशनमा बस्न अस्विकार गर्नेले न्यूनतम एक हजार पाउन्ड जरिवाना तिर्नुपर्नेछ ।पटक पटक यो नियम उल्लंघन गर्नेका लागि यो जरिवाना १० हजार पाउन्ड सम्म पुर्याइएको हो ।सेल्फ आइसोलेसन बस्नुपर्नेलाई काममा लगाउने रोजगारदातालाई समेत कारबाही गरिने भएको छ । यसअघि सेल्फ आइसोलेशनलाई एक निर्देशनका रुपमा मात्रै लागू गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू