अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१० | Colorodo: 02:25

शेयर बजारमा सामान्य सुधार

बिआरटीनेपाल २०७७ असोज ४ गते ७:२३ मा प्रकाशित

साताको पहिलो दिन आइतबार शेयर बजार ३ अंकले बढेर बन्द भएको छ । आइतबार उतारचढावबीच बजार परिसूचक नेप्से ३ अंकले बढेर १५ सय ७५ पुगेको छ । आइतबार नेप्सेको अनलाइनमा आएको समस्याको कारण २५ मिनेट बजार बन्द भएको थियो । आज आधा समुह रातो रहँदा आधा हरियो रहे । आइतबार होटल समुह सबैभन्दा उच्च ९६ अंकले ओरालो लाग्दा नीर्जिबन बिमा समुह ७० अंक र जीवन बिमा ५६ अंकले ओर्लिएको छ ।

वित्त समुह, होटल र वाणिज्य बैंक समुह क्रमशः दोहोरो अंकले उकालो लागेका छन् । आइतबार ७० कम्पनीको शेयरमुल्य उकालो लाग्दा ९० कम्पनीको घट्योे भने ७ कम्पनीको शेयर मुल्य स्थिर रह्यो । आज नेपाल स्टक एक्सचेन्जमा १ सय ८८ कम्पनीको ९२ लाख २३ हजार कित्ता शेयर २ अर्ब ७४ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया