अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१९ | Colorodo: 10:34

६ महिनापछि फेवातालमा डुंगा सञ्चालन

बिआरटीनेपाल २०७७ असोज ४ गते ७:२२ मा प्रकाशित

पर्यटकीय नगरी पोखरा स्थित फेवातालमा लामो समयपछि डुंगा सेवा सञ्चालनमा आएको छ । लकडाउनका कारण लामो समयदेखि बन्द डुंगा असोज २ गतेबाट सञ्चालनमा आएका हुन् । कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी भएको लकडाउनका कारण ६ महिनादेखि बन्द रहेको थियो ।

सरकारले असोज १ गतेबाट नै डुंगा सञ्चालनको अनुमति दिइएपनि मर्मत सम्भारको काम बाँकी रहेकाले असोज २ गतेबाट सञ्चालनमा आएको फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताउनुभयो । उहाँले सरकारले दिएको निश्चित मापदण्ड अनुसार डुङ्गा सञ्चालन शुरु गरिएको बताउनुभयो ।

डुङ्गामा सवार गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, सेनिटाइजरको प्रयोग गर्नुपर्ने, लाइनमा बस्दा भौतिक दूरी कायम गर्नुपर्ने लगायतको मापदण्ड तयार पारिएको उहाँले बताउनुभयो । डुङ्गा सञ्चालनका लागि यात्रुसँग लिने भाडा समेत नबढाइएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू