अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:११ | Colorodo: 11:26

यस बर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँलाई, जगदम्बाश्री शान्ति ठटाललाई प्रदान गरिने

बिआरटीनेपाल २०७७ असोज ४ गते ७:२० मा प्रकाशित

यस वर्षको मदन पुरस्कार ‘महारानी’ उपन्यासका सर्जक चन्द्रप्रकाश बानियाँलाई दिइने भएको छ। मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले बानियाँको उपन्यास ‘महारानी’लाई मदन पुरस्कार दिने निर्णय गरेको हो।

पुरस्कारका लागि सिफारिस भएका बानियाको महारानी, बिमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रब्युह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्म महारसको महारशनिघण्टु, ललित बिष्टको मोहपथ, शारदा शर्माको यात्रामा कृतिहरुमध्येबाट बानियाको कृतिलाई छनौट गरिएको हो ।

यसंगरी, २०७७ सालको जगदम्बा श्री पुरस्कार संगीतकार तथा वरिष्ठ गायिका शान्ति ठटाललाई दिने निर्णय पनि मदन पुरस्कार गुठीले गरेको छ । बानियाँ र ठटाललाई गुठीले एक कार्यक्रम आयोजना गरी पुरस्कार प्रदान गर्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू