अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१८ | Colorodo: 21:33

अमेरिकी सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश रुथ बाडर गिन्सबर्गको निधन

बिआरटीनेपाल २०७७ असोज ३ गते ७:४३ मा प्रकाशित

अमेरिकी सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश रुथ बाडर गिन्सबर्गको निधन भएको छ। महिला अधिकारकी च्याम्पियन तथा मत्वपूर्ण प्रगतिशील फैसलाका लागि सदैव स्मरण गरिने न्यायाधीश गिन्सबर्गको ८७ वर्षको उमेरमा शुक्रबार निधन भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । सर्वोच्च अदालतले जारी गरेको वक्तव्यमा न्यायाधीश गिन्सबर्गको वासिङ्गटन डिसीस्थित घरमा निधन भएको हो।

मेटिस्टाटिक प्याङ्क्रियाटिक क्यान्सरका कारण उहाँको निधन भएको हो । न्यायाधीश गिन्सबर्गको निधन हुने बेला परिवारका सदस्य साथैमा रहेको अदालतले जारी गरेको वक्तव्यमा उल्लेख छ । यसअघि क्यान्सरको उपचार गरेर निको भएकी उहाँमा यो वर्ष पुनः क्यान्सर देखिएपछि किमोथेरापी गरिँदै आएको थियो ।

न्यायाधीश रुथले दुई महिनाअघि वक्तव्य जारी गरेर क्यान्सरको उपचारका लागि किमोथेरापीमा रहेको बताउनुभएको थियो । उपचारकै बिच पनि गिन्सबर्गले अदालतको काम कारवाही गर्दै आउनुभएको थियो ।

सर्वोच्च अदालतमा २७ वर्षअघि न्यायाधीशका रुपमा नियुक्त भएकी गिन्सबर्ग सबैभन्दा बढी उमेरकी सक्रिय न्यायाधीश हुनुहुन्थ्यो । अमेरिकामा सर्वोच्च न्यायाधीशले जीवनभर सेवा गर्न पाउँछन् । उनीहरुले सेवा निवृत्त हुनका लागि इच्छा व्यक्त नगरेसम्म जिम्मेवारीमा रहन्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू