अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३८ | Colorodo: 16:53

आफ्नो समर्थनमा प्रदर्शन नगर्न कुलमानको आग्रह

बिआरटीनेपाल २०७७ असोज ३ गते ७:३७ मा प्रकाशित

आफ्नो समर्थनमा प्रदर्शन नगर्न कुलमान घिसिङले सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा आफ्नो पुनः नियुक्तिको माग गर्दै काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भइरहेको प्रदर्शनप्रति आफ्नो गम्भीर ध्यान आकर्षण भएको भन्दै घिसिङले प्रदर्शन नगर्न आग्रह गर्नुभएको हो ।

आफूले सरकारले दिएको ४ वर्षे कार्यकाल जिम्मेवारीपूर्ण ढंगले पूरा गरेको बताउनु हुँदै घिसिङले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको निरन्तरता वा परिवर्तन नियमित प्रक्रिया र स्वभाविक हुने बताउनुभएको छ । कार्यकारी निर्देशकको सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित हुने भएकाले यसबारे आवश्यक निर्णय हुने घिसिङले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख छ ।

विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएको बेला आफूलाई कार्यकारी निर्देशक बनाउनुपर्ने माग राखि प्रदर्शन नगर्न अपील गर्नुहुँदै घिसिङले भन्नुभएको छ, ‘महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरि दिनुहुन हार्दिक अनुरोध गर्दछु ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू