अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२५ | Colorodo: 07:40

डा केसीसँग तत्काल वार्ता गर्न काँग्रेसको माग

बिआरटीनेपाल २०७७ असोज ३ गते ७:२९ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जुम्लामा अनसनरत डा. गोविन्द केसीका जायज माग पूरा गर्ने दिशामा तत्काल प्रक्रिया आरम्भ गर्न संघीय सरकार र कर्णालीको प्रदेश सरकारलाई आग्रह गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै डा केसी जुम्लामा अनसन बसेको एक साता बित्दा पनि सरकारले वार्ताको कुनै पहल नगर्नुलाई गम्भीरतापूर्वक लिइएको उल्लेख गर्नुभएको छ ।

२०७५ सालको साउन १० मा प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा सम्झौता गरेको स्मरण गर्दै काँग्रेसले इमानदार वार्ता र सार्थक कार्यान्वयनका लागि सरकारसमक्ष माग गरेको छ । डा. केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालन हुनुपर्ने, नोवेल कोरोना भाइरस (कोभिड–१९) को पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चिता हुनुपर्ने लगायतका माग राखेर २९ भदौदेखि जुम्लामा अनसनमा बस्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू