अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२८ | Colorodo: 20:43

“सरकार लोकतान्त्रिक ब्यवहारमा इमानदार बन्नु पर्यो” – कांग्रेस सभापति देउवा

बिआरटीनेपाल २०७७ असोज ३ गते ७:२३ मा प्रकाशित

कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक संविधानअनुरूपको लोकतान्त्रिक व्यवहारमा इमानदार बन्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । संविधान दिवसको अवसरमा एक सन्देश जारी गर्दै उहाँले संविधानको सफलताका लागि सबैको अपनत्व रहनु जरुरी रहने उल्लेख गर्दै संविधानको अक्षर र भावनाअनुरूपको व्यवहार जपनि आवश्यक रहेको बताउनुभएको छ ।

सभापति देउवाले संविधान दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्रीहरू क्रमशः गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नेतृत्वमा देशमा क्रमशः शान्ति स्थापना र संविधान निर्माण भएको र तीन तहको निर्वाचन गराएर आफ्नो नेतृत्वमा रहेको सरकारले संविधान कार्यान्वयन गरेको समरण गनुृभएको छ । तर, त्यसपछिका दिनमा संविधानको सफलताका लागि बाँकी कार्यभार पूरा गर्नेभन्दा संविधानको भावनाविपरीतका गतिविधि नेकपा नेतृत्वको सरकारबाट भइरहेको आरोप देउवाले लगाउनुभएको छ ।

संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन संविधान दिवसले प्रेरणा प्रदान गर्ने विश्वास सभापति देउवाले लिनुभएको छ । लोकतान्त्रिक संविधानअनुरूपको लोकतान्त्रिक व्यवहारमा इमानदार बन्न उहाँले सरकारलाई अपिल समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू