अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५७ | Colorodo: 11:12

“भ्रष्टाचार विरुद्ध सरकारको प्रतिवद्धता डगमगाएको छैन”– प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७७ असोज ३ गते ७:२४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध आफ्नो सरकारको प्रतिवद्धता नडगमगिएको बताउनुभएको छ । संविधान तथा राष्ट्रिय दिवसका अवसरमा आज टुँडिखेलमा आयोजित बिशेष कार्यक्रममार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले भ्रष्टाचार हुन नदिने र नसहने बताउनुभयो । भ्रष्टाचार गर्न नदिने र भ्रष्टाचार विरुद्ध बोल्दा ‘मुखमा पानी नहाल्ने’ पनि प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो । भ्रष्टाचार विरुद्ध आफ्नो सरकारको प्रतिवद्धता स्पष्ट रहेको उहाँको दावी छ ।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारीका कारण सरकारले प्रतिबद्धता अनुसार विकासका काम गर्न नसके पनि अर्थतन्त्र सकारात्मक नै रहेको बताउनुभयो । कोभिड–१९ को महामारीका कारण विश्वका अधिकांश देशमा अर्थतन्त्र नरात्मक हुँदा पनि नेपालको अर्थतन्त्र सकारात्मक नै रहेको उहाको भनाई थियो । संकटको अवस्थामा पनि विदेशी दातृ निकायको सहयोग प्राप्त हुने क्रम बढेको प्रधानमन्त्रीले बताउनुभयो ।

महामारीको अवस्था नभएको भए आफूले अघिल्लो वर्ष गरेका प्रतिवद्धता अनुसारका विकासका काम भइ सक्ने उल्लेख गर्दै प्रधानमन्त्रीले रोकिएको विकास वा सुस्त भएको विकास गतिको दोष कोरोना महामारीलाई दिनुभयो । महामारी नियन्त्रणको प्रयासमा सरकारी प्रयास राम्रो रहेको दाबी पनि प्रधानमन्त्री ओलीले सम्बोधन मार्फत गनुृभएको छ । सुरुमा विश्व समुदाय नै अलमलमा परेको र वैज्ञानिकहरु पनि यकिन भन्न सक्ने अवस्थामा नरहेको कुरा उल्लेख गर्दै ओलीले अहिले परीक्षणको दायरा फराकिलो बनाएको, आइसीयूको संख्या बढाएको तथा स्वास्थ्य सामग्री आवश्यक मात्रामा उपलब्ध गराएको दावी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले लिपुलेक–लिम्पियाधुरा–कालापानीसहितको क्षेत्र समेटिएको नयाँ नक्सा सार्वजनिक गरिएको र त्यसबाट सार्वभौमसत्ताको सुरक्षाका लागि आफ्नो सरकारको प्रतिवद्धतालाई कार्यमा देखाएको ठहर गर्नुभयो । सो कार्यका लागि उहाँले सांसदहरुलाई पनि बधाई दिनुभएको छ । लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताउँदै उहाँले सञ्चारमाध्यमले तथ्य परक समाचार दिएर परिवर्तनको यात्रामा व्यवासयिकता प्रदर्शन गर्न गर्नुपर्नेमा जोड दिनुभयो । आलोचकहरुले आलोचनाका लागि मात्रै आलोचना गर्ने गरेको आरोप पनि प्रधानमन्त्री ओलीले लगाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू