अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४३ | Colorodo: 01:58

सरकारको रबैया केन्द्रीकृत प्रणालीमा जानेगरी अगाडि बढिरहेको छ – कांग्रेस नेता सिंह

बिआरटीनेपाल २०७७ असोज २ गते ७:३४ मा प्रकाशित

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ दल नेकपा संविधानको मर्मविपरीत केन्द्रीकृत प्रणालीमा अगाडि बढिरहेको आरोप लगाउनुभएको छ । शुक्रबार सर्वोच्च कमान्डर गणेशमान सिंहको स्मृति दिवसमा आयोजित कार्यक्रमका अवसरमा बोल्दै नेता सिंहले दुईतिहाइ बहुमत भएको पार्टी केन्द्रीकृत प्रणालीलाई स्थापित गर्न अगाडि बढिरहेको आरोप लगाउनुभएको हो ।

संविधान कार्यान्वयनको चरणमा भएपनि सरकारको रबैया केन्द्रीकृत प्रणालीमा जानेगरी अगाडि बढिरहेको उहाँले बताउनुभयो । संविधान दिवसको पूर्वसन्ध्यामा नेता सिंहले देश संघीय संरचनामा गएपनि स्थानीय र प्रदेश सरकारहरुलाई काम गर्न सत्तारुढ दलले बाधा पुर्याईरहेको बताउनुभयो । जनताहरु कोरोना महामारीको चपेटामा रहेपनि सरकारले उनीहरुलाई सुरक्षित महसुस गराउन नसकेको उहाँले बताउनुभयो ।

महामारीका बेला गुर्नपर्ने न्यूनतम् कामसमेत सरकारले गर्न नसकेको उल्लेख गर्दै उहाँले औषधि उपकरण खरिदमा समेत घोटाला गरेर जनताको चित्त दुखाइरहेको बताउनुभयो । दुई तिहाइ नजिकको सरकारले संविधानको भावनाअनुसार संघीय कानुन नबनाइदिँदा स्थानीय सरकारलाई काम गर्न समस्या भएको पनि उहाँले बताउनुभयो ।

२०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २३औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा नेता प्रकाशमान सिंहले गणेशमानको फोटोमा माल्यार्पण गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू