अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:११ | Colorodo: 11:26

त्रिवि उपकुलपतिसहितका पदाधिकारीलाई नेपाल विद्यार्थी संघद्धारा कार्यालय प्रवेशमा रोक

बिआरटीनेपाल २०७७ असोज २ गते ७:३३ मा प्रकाशित

नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटालगायत पदाधिकारीको कार्यालय प्रवेशमा अवरोध गरेको छ । शुक्रबार उपकुलपति कार्यालयअगाडि सडकमा टायर बालेर नेविसंघ त्रिवि समितिले प्रदर्शन गरेको छ ।

त्रिविले छ महिना हुँदा पनि परीक्षा र पठनपाठनको उचित व्यवस्थापन गर्न नसकेको, त्रिविलाई नेकपानिकटको भर्ती केन्द्र बनाइएको र नेविसंघ त्रिवि सचिव योगेन्द्र रावललाई झुटा मुद्दा लगाएको भन्दै नेविसंघले त्रिवि पदाधिकारीलाई प्रवेशमा रोक लगाउँदै आन्दोलनमा उत्रेको हो ।

विश्वविद्यालय पदाधिकारी नियुक्त भएको एक वर्ष हुन लाग्दासमेत विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक एवं भौतिक सुधारको प्रयास नगरेकोसमेत नेविसंघको आरोप छ । त्रिवि पदाधिकारीको राजीनामासमेत माग्दै आएको नेविसंघले यसअगाडि राखेका माग पनि त्रिविले सुनुवाइ नगरेको र वार्तामा समेत नबोलाएकोे आरोप लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू