अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२८ | Colorodo: 08:43

“औचित्य र आवश्यकताका आधारमा संविधान संसोधन हुन्छ”– प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७७ असोज २ गते ७:२९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताउनुभएको छ । शुक्रबार ‘अ ट्रिटिज अन दी कन्स्टिच्यूसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वका नाममा संविधान संशोधन नरोकिने बताउनुभएको हो । व्यवहारिकरुपमा संविधान अपूर्ण रहेको देखिएमा संविधानको संशोधन गर्न सकिने उहाँको भनाइ छ ।

जनताको आवश्यकता र समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउन पनि संशोधन आवश्यक पर्नसक्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । व्यवहारका क्रममा भविष्यमा संविधानमा अपूर्णता पनि देखिनसक्ने तर्फ संकेत गर्दै उहाँले जनताको आवश्यकतालाई, समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउनका लागि न्याय, समानता वा विकासलाई यथोचित ढंगले परिमार्जन गर्न संविधान संशोधन आवश्यक हुने उहाको भनाई थियो ।

संविधान दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले प्रणालीगत, संरचनागत र कानुनी पक्षका हिसाबले पनि जनता र देशको आवश्यकताअनुसार संशोधन गर्न सकिने बताउनुभयो । उहाँले आवश्यक देखिएमा संविधान संशोधनका लागि सबै तयार हुनुपर्ने पनि बताउनुभएको छ । उहाँले संविधान संशोधनका लागि सबैले खुला दिमाग राखेर बिनाबहकाउ तयारी गर्नुपर्नेमा पनि जोड दिनुभयो । पाँचौं संविधान दिवसको अघिल्लो दिन प्रधानमन्त्री ओलीले ६४६ पृष्ठको ‘अ ट्रिटिज अन दी कन्स्टिच्यूसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू