अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०७ | Colorodo: 06:22

एमसीसी परिमार्जनसहित अनुमोदन हुन्छ – सरकारका प्रवक्ता मन्त्री ज्ञवाली

बिआरटीनेपाल २०७७ असोज २ गते ७:२८ मा प्रकाशित

सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आवश्यक परेको खण्डमा केही बुँदा सच्याएर वा हटाएर भएपनि एमसीसी सम्झौता अनुमोदन हुने बताउनुभएको छ । पार्टीको स्थायी समिति बैठकले पनि सम्झौताका केही बुँदा परिमार्जन गरेर भएपनि अनुमोदन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

प्रेस संगठन नेपाल रूपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री ज्ञवालीले एमसीसीमा अस्पष्ट रहेका केही बुँदाको उत्तर खोजेर भएपनि अनुमोदन गरिने बताउनुभएको हो । विद्युत विस्तारका लागि क्रस बोर्डर ट्रान्समिसन लाइन विस्तार समेत एमसीसीसँगै जोडिएकाले त्यसलाई प्राथमिकतामा राखेर एमसीसी अघि बढ्ने मन्त्री ज्ञवालीको भनाई छ ।

सो अवसरमा मन्त्री ज्ञवालीले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गराउन कुटनीतिक संवाद र छलफलबाटै प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । नयाँ नक्सा अनुसार खोसिएको भूभाग फिर्ताको विषयमा दुवै देशका प्रधानमन्त्रीबीच पनि सम्वाद जारी रहेको उहाको भनाई छ ।

यसैबीच, मन्त्री ज्ञवालीले विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः प्राधिकरणमै व्यवस्थापन गर्ने संकेत पनि गर्नुभएको छ । संचारकर्मीले राखेको जिज्ञासामा देशलाई लोडसेडिङ गर्ने काममा प्रधानमन्त्री केपी ओलीको सपना, उर्जा मन्त्रालयको पहलकदमी र कुलमानको कुशल व्यवस्थापकीय क्षमताले सफलता पाएको उल्लेख गर्दै उहाँले निर्देशक नियुक्तिमा फरक कानुनी व्यवस्था भएकाले कुलमानलाई प्राधिकरणकै अर्को कुनै तहमा सरकारले ब्यवस्थापन गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू