अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:११ | Colorodo: 20:26

सरकारी अध्यादेश अस्वीकार गर्दै भारतकी केन्द्रीय मन्त्रीद्वारा राजीनामा

बिआरटीनेपाल २०७७ असोज १ गते २३:४६ मा प्रकाशित

भारतकी केन्द्रीय मन्त्री हरसिमरत कौर बादलले राजीनामा दिएकी छिन् । सरकारले बिहीबार कृषि सम्बन्धि अध्यादेश ल्याएपछि केन्द्रीय मन्त्री एवं शिरोमणि अकाली दलकी सांसद बादलले मोदी सरकारको क्याबिनेटबाट राजीनामा दिएकी हुन् ।

बीजेपीको सहयोगी दलकी सांसद अकालीले सरकारले ल्याएको अध्यादेशको विरोधमा राजीनामा दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बिहीबार लोकसभामा बिल पेश भएसँगै शिरोमणि दलका सांसद सुखवीर सिंह बादलले सदनमै विरोध जनाएका थिए ।

मोदी सरकारलाई चुनौती दिँदै हरसिमरत कौरले मन्त्रीपदबाट राजीनामा दिएकी हुन । अध्यादेशले भारतका २० लाख किसानलाई प्रत्यक्ष असर पर्ने उनको दाबी छ । तर अकाली दलले मोदी सरकारको समर्थन भने जारी नै राखेको जनाइएको छ ।

हरसिमरत कौरले किसान विरोधी अध्यादेश तथा कानुनको विरोधमा केन्द्रीय मन्त्रीमण्डलबाट राजनीनामा दिएको बताएकी छिन् । कौरले ट्वीट गर्दै किसानको छोरी र बहिनीका पक्षमा उभिँदा गर्व लागेको समेत उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू