अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४१ | Colorodo: 23:56

जोखिममा रहेका बस्तीहरुको पुनःस्थापनाका लागि १० दिनभित्र कार्यविधि बनाइने

बिआरटीनेपाल २०७७ असोज १ गते ७:४५ मा प्रकाशित

बाढी÷ पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुनःनिर्माणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले बाढी÷पहिरोले क्षति गरेका र उच्च जोखिममा रहेका बस्तीहरुको पुनःस्थापना गर्न कार्यविधि बनाउने निर्णय गरेको हो ।

सिन्धुपाल्चोक, कालीकोट, बागलुङलगायतका जिल्लामा बाढी÷पहिरोले ठूलो जनधनको क्षति भएपछि उच्च जोखिममा रहेका बस्तीहरु स्थानान्तरण गर्ने विषयमा बिहीबार छलफल भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो ।

भूकम्पपछिको पुनःनिर्माणको अनुभवलाई आधार मान्दै बस्ती व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउने, दिगो कसरी बनाउने भन्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा गृहमन्त्री रामबहादुर थापा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, सहरी विकासमन्त्री बसन्त नेम्वाङ र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललगायत तीनओटै सुरक्षा निकायका प्रमुखहरुको सहभागिता थियो । मनसुन सुरु भएपछि नेपालमा बाढी(पहिरोबाट ठूलो जनधनको क्षति हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू