अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०२ | Colorodo: 08:17

अमेरिकामा अक्टोबरदेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिने राष्ट्रपति ट्रम्पको दावी

बिआरटीनेपाल २०७७ असोज १ गते ७:४३ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरसविरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताउनुभएको छ । उहाँले अक्टोबरमा देशभरि नै खोप वितरण गर्न सकिने सम्भावना रहेको जानकारी दिनुभएको हो । ट्रम्पले सन् २०२० को अन्त्यसम्ममा १० करोड खोप वितरण गर्ने तयारी भइरहेको बताउनुभयो ।

‘कोरोनाभाइरसविरुद्धको खोप तयार हुँदैछ । हामी आगामी अक्टोबर महिनामा त्यसलाई वितरण गर्न सक्ने अवस्थामा पुग्ने विश्वास लिएको छु । यो सबैका लागि धेरै उपयोगी र प्रभावकारी हुनेछ’– उहाँले भन्नुभयो । ट्रम्पले थप्नुभयो, ‘यसलाई कहिलेदेखि वितरण गर्न सकिनेछ भन्ने कुरा जतिसक्दो चाँडो घोषणा गर्ने तयारी भइरहेको छ ।’

उहाँले अक्टोबरको मध्यसम्ममा कोरोनाविरुद्धको खोप प्रयोगमा आउने अनुमान गर्दै केहीगरी ढिला भएमा केही दिनमात्रै ढिला हुनसक्ने बताउनुभयो । आफूले जतिसक्दो चाँडो कोरोना नियन्त्रणका प्रयासहरु गरिरहेको दाबी गर्दै राष्ट्रपति ट्रम्पले डेमोक्र्याटतर्फका आफ्ना प्रतिस्पर्धीले भने त्यसलाई रोक्नसक्ने आरोप पनि लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू