अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०३ | Colorodo: 09:18

लाइसेन्स वितरण शुरु

बिआरटीनेपाल २०७७ असोज १ गते ७:३७ मा प्रकाशित

बिहीबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण शुरु भएको छ । लकडाउन सुरु भएदेखि स्थगन गरिएको लाइसेन्स वितरण प्रक्रिया बिहीबारदेखि सूचारु गरिएकोे यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र ठूलो भर्याङका सूचना अधिकारी उपेन्द्र शाहले जानकारी दिनुभयो । यातायात कार्यालयले सन् २०२० जुलाईसम्ममा ट्रायल पास भएर लाइसेन्सको रसिद काटेका सेवाग्राहीलाई बिहीबारदेखि लाइसेन्स वितरण सुरु गरेको हो ।

कार्यालयले एक दिनमा १००÷ १०० सेवाग्राहीलाई स्मार्ट लाइसेन्स र लाइसेन्स नविकरणको सेवा दिँदै आएको छ। अहिलेको व्यवस्थालाई व्यवस्थित गर्न कार्यालयले दुई साता भित्रमा ई– टोकनको व्यवस्था पनि गर्न लागेको छ। सेवाग्राहीले अनलाइनका माध्यमबाट ई– टोकन लिन सक्नेछन्। ई– टोकन सेवाको सुरुवात पछि कार्यालयमा भिडभाड कम हुनुका साथै सेवाग्राहीले सजिलै सेवा पाउने कार्यालयले विश्वास लिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू