अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५४ | Colorodo: 06:09

सार्क राष्ट्रका अर्थमन्त्रीहरुको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीको अध्यक्षता

बिआरटीनेपाल २०७७ भदौ ३१ गते ७:२९ मा प्रकाशित

सार्क देशका अर्थमन्त्रीहरुको १५ औँ भर्चुअल बैठकमा परराष्ट्र मन्त्री श्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा उद्घाटन गर्दैै परराष्ट्रमन्त्री ज्ञवालीले कोरोना भाइरसको कारणले विश्व अर्थतन्त्रसँगै दक्षिण एसियाको अर्थतन्त्रमा पनि गम्भीर असर परेको र यसबाट मुक्त हुन सार्क राष्ट्रबीच पारस्परिक सहयोग र साझेदारीको महत्त्व बढेको धारणा राख्नुभएको छ ।

उहाँले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा सबै सार्क राष्ट्रहरु क्रियाशील भएर स्रोत परिचालन, सहकार्य र साझेदारी आवश्यक रहेको बताउनुभयो । सार्कका आर्थिक संयन्त्रहरुलाई क्रियाशील बनाउँदै आर्थिक पुनर्उत्थानका रणनीति तय गर्नुपर्ने, गरिब र मूलतः रोजगार गुमाएका श्रमिकको आर्थिक अवस्थामा सुधार ल्याउनु पर्ने र उनीहरुको मनोसामाजिक समस्यासमेत सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको मन्त्री ज्ञवालीको भनाइ छ ।

प्रधानमन्त्री तथा अर्थमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व तथा बैठकको अध्यक्षता गर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू