अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२१ | Colorodo: 17:36

विश्वभर २ करोड १५ लाख ८७ हजार ४ सय कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ भदौ ३१ गते ७:२६ मा प्रकाशित

विश्वभर हालसम्म २ करोड १५ लाख ८७ हजार ४ सय ९३ कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या २ करोड ९७ लाख ८८ हजार १ सय ४९ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये ९ लाख ४० हजार २ सय ८५ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि ७२ लाख ६० हजार ३ सय ७१ जना संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ६० हजार ८ सय ९४ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, ७१ लाख ९९ हजार ४ सय ७७ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म ६७ लाख ८९ हजार ८ सय ७७ जना संक्रमित भएका छन् भने २ लाख २ सय ८० जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार भारतमा ५० लाख ४१ हजार ६ सय ८१ जना संक्रमित हुँदा ८२ हजार २ सय ८६ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ४३ लाख ८४ हजार २ सय ९९ जना संक्रमित भएका छन् भने १ लाख ३३ हजार २ सय ७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू