अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२२ | Colorodo: 13:37

पोखराका थप ६ जनामा कोरोना पुष्टि

बिआरटीनेपाल २०७७ भदौ ३१ गते ७:२२ मा प्रकाशित

स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार कास्कीको पोखरा महानगरका ६ जना तथा स्याङजाका एक जना गरी गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना भाइरस देखिएको जनाएको छ ।निर्देशनालयले बुधबार तेस्रो विज्ञप्ति मार्फत पोखरा महानगरका ४, १०, १४, १७ र २५ वडाका ५ पुरुष तथा एक महिला र स्याङजा पुतलिबजार २ का २४ वर्षीय पुरुषमा कोरोना देखिएको जनाएको हो ।

पोखरा महानगरमा कोरोना पुष्टि हुनेहरुमा पोखरा ४ का नेपाल प्रहरीमा कार्यरत २२ वर्षीय पुरुष, पोखरा १० का २४ वर्षीय पुरुष र ४६ वर्षीया महिला, पोखरा १४ का ३० वर्षीय पुरुष तथा भारतबाट आएर क्वारेन्टिनमा बसेका पोखरा १७ र २५ का २१ /२१ वर्षका २ पुरुष रहेको निर्देशनालयले जानकारी दिएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ७८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू