अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४७ | Colorodo: 22:02

अमेरिकाबाट विराटनगरका बिरामीलाई सहयोग 

बिआरटीनेपाल २०७७ भदौ ३१ गते ७:१७ मा प्रकाशित
अमेरिकामा भएका किराँत राईहरू र साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू मिलेर टाउकोमा गम्भीर चोट परि विराटनगर स्थित नोबेल अस्पतालमा उपचार भइरहेको रौतामाई गाउँ पालिका ५, उदयपुरका बालसरी राईलाई रु ३,०६,००३।- सहयोग गरिएको छ ।
उक्त सहयोग सङ्कलनको लागि तेष्स्यु राईको संयोजकमा दिल राई, गणेश राई, विजय राई, प्रेम राई, विजेन्द्र राई, सुजना राई, शम्भु राई, अग्नि राई र केशव राम राईले सहयोग सङ्कलन गर्नुमा पहल गर्नु भएको थियो । जुन सहयोगको लागि सङ्कलन गरेको रकम ०१ सेप्टेम्बर २०२० मा न्युयोर्कबाट केशव राम राईले समाज सेवी भोलामणि हार्तम्छाली राईलाई पठाउनु भएको थियो र १५ सेप्टेम्बर २०२० मा किराँत राई यायोक्खाको कार्यालयमा समाज सेवी भोलामणि हार्तम्छाली राईले किराँत राई यायोक्खाको केन्द्रीय सभापति दिवस राई किराँतलाई बुझाउनु भयो र दिवस राई किराँतले बालसरी राईको भतिज मोहन विक्रम राईलाई सहयोग हस्तान्तरण गर्नु भयो ।
कोरोना भाइरसका कारणले गर्दा सम्बन्धित व्यक्ति बालसरी राई उपस्थित हुने सम्भावना नभएको कारणले गर्दा बाल सरी राईले भतिज मोहन विक्रम राई मार्फत सहयोग लिने इच्छा जानकारी गराउनु भएको छ । कार्यक्रममा किराँत राई यायोक्खाको केन्द्रीय सभापति दिवस राईले सहयोग सङ्कलन गरेर पठाउने अमेरिकामा रहेका किराँत राईहरू र सहयोग गर्नु भएका सम्पूर्णमा एक मुष्टमा धन्यवाद ज्ञापन गर्नु भयो । यसै गरी उहाँले बाल सरी राईको स्वास्थ्य लाभको पनि कामना गर्नु भयो । कार्यक्रममा किराँत राई यायोक्खाका केन्द्रीय उपसभापति जीवन हाताचो राई ग्रिन इन्टरनेशनल क्लब (GIC) को उपसभापति सुबि राई र सचिव सम्पदा योङ्ग्या लिम्बूको उपस्थिति थियो ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू