अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१८ | Colorodo: 14:33

कुलमानको पक्षमा प्रदर्शन, प्रहरीले हान्यो पानीको फोहोरा

बिआरटीनेपाल २०७७ भदौ ३१ गते २:२७ मा प्रकाशित

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङ्गलाई नियुक्त गर्नु पर्ने मागसहित प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले तितरवितर पारेको छ । आफ्नो कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा भएका कुलमानलाई सरकारले पुनः नियुक्त नगरेपछि उहाँका समर्थकहरु प्रदर्शनमा उत्रिएका हुन् ।

बुधबार दिउँसो माइतीघरमा प्रदर्शनका लागि पुगेका कुलमान समर्थकहरुलाई प्रहरीले पानीको फोहोरा प्रहार गरी तितरवितर पारेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघरमा कुनै पनि प्रकार प्रदर्शन गर्न नदिन भनेको भन्दै प्रहरीले ठाउँ खाली गर्न केही मिनेटको समय दिएको थियो ।

तर प्रदर्शनकारीहरु नहटेपछि पानीको फोहोरा प्रहार गरिएको प्रहरीले दाबी गरेको छ । प्रहरीको हस्तक्षेपपछि प्रदर्शनकारीहरु तितरवितर भएका छन् । कुलमान घिसिङ्ग भदौ २८ गते चार वर्षे कार्यकाल पूरा गरी त्यसको भोलिपल्ट औपचारिक रुपमा प्राधिकरणबाट बिदाई हुनुभएको थियो । लोडसेडिङ्ग अन्त्य गरी प्राधिकरणलाई मुनाफामा ल्याएका उहाँलाई पुनः नियुक्त गर्न चौतर्फी दबाब आए पनि सरकारले भने त्यसो गरेन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू