अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३२ | Colorodo: 15:47

चिनले बनायो फ्लोटिङ स्पेशपोर्ट, प्रशान्त महासागरबाट सफल परीक्षण

बिआरटीनेपाल २०७७ भदौ ३० गते ८:१६ मा प्रकाशित

अमेरिकालाई पछिपार्दै चीनले समुन्द्रमा तैरिने खालको स्पेशपोर्ट बनाएको छ जुन प्रशान्त महासागरबाट रकेटको सफल प्ररीक्षण गरिएको छ। चीनले बनाएको उक्त फ्लोटिङ स्पेशपोर्टलाइ ‘इस्टर्न एरियोस्पेश पोर्ट’ नाम दिएको छ। यसको पहिलो परीक्षण मंगलबार चीनको शानदोङ प्रान्तमा रहेको हाइयाङ शहरबाट गरिएको छ। यो स्पेशपोरटबाट सानो रकेट बनाएर परीक्षण सफ बनाइएको छ भने पछि यसलाइ सुधार गर्न सकिनेछ।

उक्त पोर्टलाइ चाइना एयरस्पेश साइन्स एण्ड टेक्नोलोजी कोर्प (सीएएससी) बनाएका हो। युनिभर्स टुडेमा प्रकाशित समाचारका अनुसार निकट भविष्यमै चीनले आफ्नो महत्वाकांक्षी प्रोजेक्ट यी फ्लोटिङ स्पेशपोर्टबाट प्रक्षेपण गर्नेछ। किनकी यो निकै सुरक्षित मानिनेछ। यो स्पेशपोर्टमा हल्का रकेट, अन्तरिक्ष यान (लाइट स्पेशक्राफ्ट), स्याटालाइट्स तथा अन्य अन्तरिक्ष टेक्निकहरूलाइ परीक्षण तथा प्रक्षेपण गरिनेछ।

मंगलबार यही स्पेशपोर्टबाट चीनले लङ मार्च ११ (एचवाइ(२) प्रक्षेपण गरेको छ, जसमा ९ वटा स्याटालाइट रहेका छन्। यता, चाइना एकेडेमी अफ लन्च भिकल टेक्नोलोजी (सीएएलटी)का प्रमुख वाङ जियाओजुनले भनेका छन्, ‘हामीले योसँगै धेरै नै ठूलो उपलब्धि हालिस गरेका छौ।’ योसँगै चीनसँग अब अन्तरिक्षमा प्रक्षेपण गर्नको लागि पाँच लन्च साइट भएको छ। अन्तरिक्ष विज्ञानको क्षेत्रमा समुन्द्रको बीचबाट रकेट लन्च गर्ने अहिलेको समयमा नयाँ टेक्नोलोजी हो।

अमेरिकी स्पेश टेक्नोलोजी कम्पनी स्पेश एक्सले घोषणा गरेका थिए की उसले तैरिने लन्चप्याडले आफ्नो स्टारशिपलाइ प्रक्षेपण गरिनेछ। तर अहिलेसम्म स्पेश एक्सले तैरिने लन्चप्याड अहिलेसम्म ल्याउन सकेको छैन। चीनले उक्त सफल परीक्षणपछि यही वर्षको अन्तमा पाँच तथा स्याटालाइट्स यही फ्लोटिङ पोर्टबाट अन्तरिक्षमा पठाउने समेत योजना बनाइसकेको छ। यसअघि चीनले धर्तीबाट कयौ रकेटहरू प्रक्षेपण गरिसकेका छन्। तीमध्ये सीचाङ (दक्षिण(पश्चिम), जिउकुआन (उत्तर– पश्चिम), ताइयुआन (उत्तर) तथा तटीय साइट वेनचाङ र दक्षिणमा हुनान द्वीपमा रहेका छन्। गत हप्ता मात्रै चीनको स्पेश प्रोजेक्टलाइ एउटा झट्का लागेको थियो। उक्त रकेट प्रक्षेपण गरेको एक मिनेटमै विष्फोट भइ समुन्द्रमा खसेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू