अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३९ | Colorodo: 13:54

बेलायतद्धारा सुँघेर लिने कोरोना खोप तयार

बिआरटीनेपाल २०७७ भदौ ३० गते ८:१३ मा प्रकाशित

बेलायतले कोरोना भाइरसविरुद्धको नयाँ खोप तयार पारेको छ । अक्सफोर्ड विश्वविद्यालय र इम्पेरियल कलेज लण्डनले सुघ्न मिल्ने नयाँ खोप तयार पारेको हो । अहिले यस खोपको परीक्षण समेत शुरु भैसकेको समाचारमा जनाइएको छ ।

परीक्षणमा सहभागी एक खोजकर्ताका अनुसार उक्त खोप नेबुलाइजर र माउथपीसको माध्यमबाट दिइनेछ । परीक्षणका क्रममा ३० व्यक्तिलाई खोप दिइएको बताइएको छ । सुँघ्न मिल्ने उक्त खोप नाकबाट सीधै फोक्सोमा पुग्ने र यसले उत्कृष्ट प्रतिरोधी क्षमता देखाउने खोजकर्ताको विश्वास छ । यो खोप रुघाखोकीका लागि समेत प्रभावकारी हुने बताइएको छ ।

इम्पेरियल कलेजको संक्रमण रोग विभागका क्रिस चियुका अनुसार रुघाको लागि नेजल स्प्रे खोप (नाकबाट दिइने खोप) प्रभावकारी देखिएको छ । यो खोप विभिन्न संक्रमणका लागि समेत प्रभावकारी हुने देखिएको छ । त्यसैले त्यसै गरि नाकबाट दिन सकिने खोपको खोज र विकासमा हामी केन्द्रीत भएका छौं,उनले बताए ।

अक्सफोर्ड विश्वविद्यालयका खोप विशेषज्ञ साराह गिलबर्टका अनुसार नाकबाट दिइने यो खोप इन्जेक्शनबाट दिइने खोपभन्दा सुरक्षित रहेको छ । यसले इम्यून रेस्पोन्स पनि राम्रो देखाएको छ । यो खोप सास नलीको माध्यमबाट दिइने उनले बताए ।

इम्पेरियल कलेजले तयार पारेको यो खोप अझै शुरुवाती परीक्षणका क्रममा रहेको छ । शुरुमा ३० जनामा यसको परीक्षण गरिएको छ । सीधै नाकको माध्यमबाट दिइने भएकोले यो खोप कोरोना भाइरसको लागि समेत निकै असरदार देखिने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू