अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५८ | Colorodo: 19:13

गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुग्यो

बिआरटीनेपाल २०७७ भदौ ३० गते ८:०९ मा प्रकाशित

पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका– ९ का ७० वर्षीय पुरुषको मनिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । भदौ २५ गते अस्पताल भर्ना गरिएका ती वृद्धमा भदौ २८ मा कोरोना पुष्टि भएको थियो । क्यान्सरका बिरामी रहेका उनको सोमबार राति ११ः२० बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसहित पोखरामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । कास्की जिल्लाभर १० जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिकाका ८ र अन्नपूर्ण र मादी गाउँपालिकाका १÷१ जनाको ज्यान गईसकेको छ ।

कोरोनाबाट गण्डकी प्रदेशभर मृतकको संख्या ३१ पुगेको छ । जसमा कास्कीका १०, गोरखाका ६, नवलपुरका ५, तनहुँका ४, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १÷१ जना रहेका छन् । गण्डकी प्रदेशका ७ जिल्लामा मंगलबारमात्र ४७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या ३ हजार १ सय २१ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू