अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३० | Colorodo: 05:45

विद्युत प्राधिकरणबाट कुलमानको औपचारिक बिदाइ

बिआरटीनेपाल २०७७ भदौ ३० गते ८:०३ मा प्रकाशित

चार वर्षे कार्यकाल पूरा गरि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ औपचारिक रुपमा बिदा हसनुभएको छ । उहालाई आज त्यहाँका कर्मचारीहरुले औपचारिक रुपमा बिदाइ गरेका छन्। घिसिङको पुनः नियुक्तिबारे जनस्तरसम्म चर्को बहस भइरहँदा घिसिङले मंगलबार प्राधिकरणबाट औपचारिक बिदाइ लिनुभएको हो ।

चार वर्ष अघि देशले १६ घण्टा लोडसेडिङ भोगिरहेका बेला २०७३ भदौ २९ गते घिसिङलाई प्राधिकरणको सिइयो नियुक्त गरिएको थियो। यो अवधिमा उहाँले देशबाट लोड सेडिङ अन्त्य गर्दै घाटामा रहेको प्राधिकरणलाई अर्बौ नाफाको अवस्थामा पुर्याउनुभएको छ । कार्यकाल सकिएपछि आइतबारदेखि नै कार्यालय जान छाड्नुभएका घिसिङलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले पुनः निय्ुक्ति चर्चा भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसमा खासै चासो देखाउनुभएन ।

बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले कुनै पनि संस्थाको नेतृत्वमा व्यक्ति आउनु जानु सामान्य भएको उल्लेख गर्नुभयो । टिममा मिलेर काम गर्दा आफ्नो कार्यकालमा प्राधिकरणले नजिता निकाल्न सकेको उल्लेख गर्दै उहाँले प्राधिकरणमा आवद्ध सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद समेत दिनुभयो । दैनिक १०/१२ घण्टाको मिहिनेतका कारण नै अहिलको नतिजा आएको घिसिङको भनाइ थियो। २०५१ सालमा प्राधिकरणको सातौं तहको कर्मचारीका रुपमा घिसिङले आफ्नो करियर थाल्नुभएको थियो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू