अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१७ | Colorodo: 17:32

अफगानिस्तानमा तालिवानीद्वारा आक्रमण, पूर्व सिनेट सदस्यसहित ६ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ भदौ ३० गते ८:०१ मा प्रकाशित

अफगानिस्तानको पश्चिमी बाडगिस प्रान्तमा पूर्व अफगान सिनेट र उनका ५ जना सुरक्षाकर्मीको हत्या भएको छ । कतारमा अफगान सरकार र विद्रोही तालीवानी समूहसँग शान्ति वार्ता जारी रहेका बेला पूर्व सिनेटसहित सुरक्षाकर्मीको हत्या भएको हो । मध्य प्रदेशका कार्यबाहक राज्यपाल फैज मोहम्मद मिर्जाजादाले रंगीन मुस्कवानी सवार गाडीमा आत्मघाती बम बिस्फोट गराइएको पुष्टि गर्नुभयो ।

बम बिस्फोट भएलगत्तै उनका सुरक्षाकर्मी र तालिवानी लडाकूहरुबीच गोली हानाहान भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।कतारमा जारी वार्तामा सरकारले स्थायी युद्धविरामको घोषणा गरेपनि विद्रोहीले भने आफ्ना मुख्य माग पूरा नभएसम्म सरकारको प्रस्ताव नमान्ने बताउँदै आएको छ ।

तालिवानी समूहले अफगानिस्तानलाई इस्लाम कानूनअन्र्तगत सञ्चालन गर्नुपर्ने लगायतका माग राख्दै आएको छ । अफगानिस्तानमा सन् २००३ यता सरकार तालिवानीबीच लगातार युद्ध हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू