अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१३ | Colorodo: 00:28

एसिड पीडितको न्यायको लागि पहल गरेको भन्दै अमिताभ बच्चनद्धारा नेपालका उज्ज्वल थापालाई बधाई

बिआरटीनेपाल २०७७ भदौ २९ गते ७:०० मा प्रकाशित

बलिवुड अभिनेता अमिताभ बच्चनले एसिड पीडितको न्यायको लागि सङ्घर्ष गरेको र दोषीलाई कारबाहीको लागि पहल गरेको भन्दै नेपालका उज्ज्वल विक्रम थापालाई बधाई दिनुभएको छ ।

सोमबार सामाजिक सञ्जाल ट्विटरमार्फत अभिनेता बच्चनले थापालाई बधाई दिनुभएको हो । अमिताभले ट्वीटमा लेख्नुभएको छ, ‘एसिड पीडितको लागि तपाईँले गनुएभएको सङ्घर्ष र कठिन कार्यले शेरवुड कलेजमात्र नभइ तपाईँको देश नेपाललाई पनि गौरव महसुस गराएको छ ।’ साथै अमिताभले समाजसेवी थापालाई यस्तै राम्रो कामलाई निरन्तरता दिन शुभेच्छा प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू