अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१४ | Colorodo: 04:29

इन्डोनेसियामा मास्क नलगाउनेहरूलाई चिहान खन्न लगाइयो

बिआरटीनेपाल २०७७ भदौ २९ गते ६:५७ मा प्रकाशित

इन्डोनेसियाको पूर्वी जाभामा मास्क नलगाउनेहरूलाई चिहान खन्न लगाइएको छ।इन्डोनेसियाको ग्रेसिक भन्ने ठाउँमा मास्क लगाउन नमान्ने आठजनालाई न्गाबेतान गाउँमा रहेको सार्वजनिक कब्रिस्तानमा चिहान खन्न लगाइएको डेली मेलले उल्लेख गरेको छ ।सजाय पाएकाहरू कोरोना भाइरसबाट मृत्यु भएकाको अन्तिम संस्कारमा सहभागी नभए पनि दुइजनालाइ भने कोरोना भाइरसबाट मरेकाहरूको चिहान खन्न लगाइएको छ।

सेर्मे जिल्ला प्रमुख सुयोनोले भनेका छन् ‘ त्यहा तीनजना मात्रै चिहान खन्ने मानिसहरू भएकाले मास्क लगाउन नमान्नेहरूलाइ यो काम गर्न लगाएको हुँ।’उनले भनेका छन्, ‘ आशा छ, मास्क लगाउन नमान्नेहरूलाइ यसले राम्रै सबक सिकाएको हुनुपर्छ।’कोरोना भाइरसका संक्रमितहरू सेर्मेमा दिनदिनै बढिरहेकाले गाउँलेहरू सुरक्षाका कडा उपायहरू अपनाइरहेका छन्।

यस्तै त्यहा जारी गरिएको नयाँ नियम उल्लंघन गर्नेहरूलाइ जरिवाना तिर्न वा सामुदायिक सेवा गर्ने सजाय तोकिएको छ।हिजो मात्रै इन्डोनेसियामा कोरोना भाइरसबाट ३ हजार ६ सय ३६ जना संक्रमित भएका छन्। योसँगै त्यहाँ कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या २ लाख १८ हजार ३ सय ८२ पुगेको छ।कोरोनाको महामारी शुरू भएदेखि जकार्ताका दुई कब्रिस्तानमा २६ सयजनालाई गाडिएको नादी बिन एजीले बताएका छन्।

बिहान सात बजेदेखि मध्यरातसम्म चिहान खनेर बसेको र छिमेकीहरू आफूबाट कोरोना सर्ने हो कि भनी डराइरहेको उनले बताए। उनले भनेका छन्, ‘ म बिहान सात बजेदेखि मध्यरातसम्म चिहान खनेर बसेकोले छिमेकीहरू मबाट निकै डराएका छन्। उनीहरूले मैले कोरोना सार्छु भनेर डराइरहेका छन्।’

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू