अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५३ | Colorodo: 05:08

प्रिमियर लिगः एभर्टनसँग टोटेनहम १–० गोल अन्तरले पराजित

बिआरटीनेपाल २०७७ भदौ २९ गते ६:५६ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले विजयी सुरुवात गरेको छ । गएराति भएको यो सिजनको पहिलो खेलमा टोटेनहमलाई १–० गोल अन्तरले पराजित गर्दै एभर्टनले सुखद सुरुवात गरेको हो ।टोटेनहमको मैदानमा एभर्टनलाई जित दिलाउन डोमिनिक लेविनले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा डोमिनिकले हेडमार्फत गोल गरेका थिए ।जितसँगै कार्लो एन्सेलोटीको टिम एभर्टनले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । एभर्टन तालिकाको पाँचौ स्थानमा रहेको छ । जोसे मोरिन्होको टोटेनहमले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

प्रतिक्रिया