अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३५ | Colorodo: 08:50

पोखरामा थप ३३ जनामा कोरोना पुष्टि, कास्कीमा ३७, गण्डकीमा ५२ संक्रमित थपिए

बिआरटीनेपाल २०७७ भदौ २९ गते ६:५० मा प्रकाशित

पोखरामा सोमबार थप ३३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार तेस्रो र चौथो चरणमा कास्कीको पोखरा महानगरका १३ वटा वडाका १७ महिला र १६ पुरुषमा कोरोना भाइरस देखिएको जनाएको छ ।

निर्देशनालयका अनुसार पोखरा १ का ६ वर्षीय बालक तथा १२ र १५ वर्षीया बालिका , पोखरा ५ का २५ वर्षीय पुरुष, पोखरा ६ की ४० वर्षीया महिला , पोखरा ७ का २६, २८ र ३३ वर्षीय पुरुष, पोखरा ८ का १७ वर्षीय पुरुष तथा २१ र ५१ वर्षीया महिला, गण्डकी मेडिकल कलेजमा कार्यरत पोखरा ९ की २६ वर्षीया स्टाफ नर्स तथा ६० वर्षीय एक पुरुष, पोखरा १० का २३ र २५ वर्षका पुरुष तथा २६ र ६६ वर्षका महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा १३ का ११ वर्षीया बालक तथा १४ ,१५ , १६ वर्षीया बालिका तथा २९ वर्षीया महिला, पोखरा १४ का ३२ वर्षीय पुरुष तथा २५ र ५२ वर्षीया महिला, पोखरा १७ का ५३ वर्षीय पुरुष, भारतबाट आएका पोखरा २५ का ८ वर्षीया बालिका र १८ वर्षीय पुरुष, पोखरा २६ का २१ वर्षीय पुरुष तथा ३२ , ३३, र ४२ वर्षीया महिला एवं पोखरा २७ का १२ वर्षीय बालकमा पनि कोरोना पुष्टि भएको हो ।

त्यसैगरी कास्कीको रुपा गाउँपालिका २ का ४२ र ४८ वर्षका पुरुष तथा ५ का ४३ र ५२ वर्षका पुरुष, गण्डकी मेडिकल कलेजमा उपचाररत स्याङजा पुतलीबजारकी ८० वर्षीया महिला, भारतबाट आएका लमजुङ मध्यनेपालका २१ र २७ वर्षीय पुरुष तथा २६ वर्षीया महिलालाई कोरोना लागेको छ ।

यसैगरी, तनहुँ शुक्लागण्डकीका २३, २४, ३४, ४० र ४७ वर्षका पुरुष, तथा १० वर्षीया बालिका, ब्यासका २८ वर्षीय पुरुष र नवलपुर गैँडाकोटका ३६ वर्षीय पुरुष तथा देवचुलीका ३२ र ३७ वर्षीय पुरुष एवं २५ वर्षीया महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ६४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू