अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४३ | Colorodo: 15:58

नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु : मृतकको संख्या ३६० पुग्यो

बिआरटीनेपाल २०७७ भदौ २९ गते ६:४९ मा प्रकाशित

देशभर गत २४ घण्टामा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ३६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनाबाट ५ महिला र १० पुरुषको मृत्यु भएको हो ।

मोरङमा कोरोनाबाट ४० वर्षीय र ७० वर्षीय २ पुरुषको मृत्यु भएको छ। यसैगरी, यस्तै काठमाडौंमा ६१ र ७७ बर्षीय महिला, ६२ वर्षीय, ७३, ८५ र ७० वर्षीय पुरुष, ललितपुरमा ५५ वर्षीय पुरुष, भक्तपुरका ७३ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ। रामेछापका २३ वर्षीय पुरुष, गोरखाकी ६३ वर्षीय महिला, नवलपरासीकी ६३ वषीया महिला, पर्सामा ५५ वर्षीया महिला, कपिलवस्तुकी ४७ वर्षीया महिला गरी १५ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ११ सय ७० जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । अहिले देशभर १५ हजार ३ सय ९३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार होम आइसोलेसनमा ७२७५ रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ११८ जना रहेका छन्। क्वारेन्टाइनमा ६ हजार ८९२ जना रहेका छन्। गत २४ घण्टामा नेपालमा २४ घन्टामा १० हजार पीसीआर परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा ८७९ जना कोरोना जितेर डिस्चार्ज भएसंगै कुल डिस्चार्ज हुनेको संख्या ३९ हजार ५ सय ७६ पुगेको छ । मन्त्रालयका अनुसार १ सय ७९ जनाको आइसीयूमा र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। मोरङ, सुनसरी, सर्लाही, काठमाडौं, चितवन, भक्तपुर, र रुपन्देहीमा कोरोनाका ५ सय बढी बिरामी रहेका छन् भने सोलुखु्म्बू, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्ला, मुगु र हुम्ला कोरोनाका शून्य बिरामी रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू