अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५७ | Colorodo: 17:12

पर्वतको फलेवासमा पहिरो : एक बालिकाको ज्यान गयो, तीन जनाको उद्धार

बिआरटीनेपाल २०७७ भदौ २९ गते २:०२ मा प्रकाशित

पर्वतको फलेवास नगरपालिका-४ मुडिकुवामा पहिरोले घर पुर्दा एक बालिकाको ज्यान गएको छ ।नवीन विकको घर पहिरोले पुर्दा उहाँकी दुई वर्षकी छोरी निकिताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

पहिरोमा बेपत्ता बिकको घरभन्दा एक मिटर तल शव भेटिएको हो । पहिरोमा परेका ४ जनामध्ये तीनजनाको उद्धार गरिएको पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो । पहिरोले दोबिल्ला फलेवास सडकमा समेत क्षति गरेको छ ।

थानेश्वर भुषाल, रामप्रसाद तिवारीको गोठमा पनि पहिरोले क्षति गरेको वडाध्यक्ष टिकाराम गौँडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू