अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४६ | Colorodo: 07:01

अर्बपति माइकल ब्लुमबर्गद्धारा जो बाइडेनको चुनावी अभियानलाई १० करोड डलर दिने घोषणा

बिआरटीनेपाल २०७७ भदौ २९ गते १:५५ मा प्रकाशित

अर्बपति माइकल ब्लुमबर्गले आउँदो नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको फ्लोरिडा चुनावी अभियानका लागि १० करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका छन् । अमेरिकी चुनावमा फ्लोरिडालाई ‘ब्याटलग्राउण्ड स्टेट’ का रुपमा लिइन्छ, जहाँ धेरै इलेक्टोर्ल कलेज छन् ।

ब्लुमबर्गले आफू नै राष्ट्रपति उम्मेदवार बन्ने होडमा रहेका बेला यो वर्ष एक अर्ब अमेरिकी डलर खर्च गरिसकेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा आफ्नो चुनावी अभियानका व्यक्तिगत रकम खर्च गर्ने संकेत गरेका छन् । फ्लोरिडामा अग्रिम मतदान गर्न चाहनेले सेप्टेम्बर २४ देखि नै आफ्नो मत हुलाक मार्फत पठाउन सक्ने छन् ।

दुवै उम्मेदवारले हुलाक मार्फत चाँडै नै मत दिने मतदातालाई आकर्षित गर्न प्रयास गरिरहेका छन् । कोरोना भाइरस महामारीका कारण यो वर्षको चुनावमा हुलाक मार्फत मतदान गर्नेको संख्या अत्याधिक हुने सम्भावना छ ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि चाहिने २७० इलेक्टोर्ल कलेज मध्ये फ्लोरिडामा २९ इलेक्टोर्ल कलेज मतदाता छन् । त्यो भन्दा बढी क्यालिफोर्नियामा ५५ र टेक्सासमा ३८ इलेक्टोर्ल कलेज मतदाता रहेका छन् । सन् २०१६ मा फ्लोरिडामा ट्रम्प विजयी हुनुभएको थियो, त्यसअघि २०१२ मा बाराक ओबामा विजयी बन्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू