अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४४ | Colorodo: 00:59

ओसाकालाई दोस्रो पटक युएस ओपन ग्राण्डसलाम टेनिसको उपाधि

बिआरटीनेपाल २०७७ भदौ २८ गते ६:५८ मा प्रकाशित

जापानी खेलाडी नाओमी ओसाकाले दोस्रो पटक युएस ओपन ग्राण्डस्सलाम टेनिसको उपाधि जित्नुभएको छ । न्यूयोर्कमा भएको महिलातर्फको फाइनलमा बेलारुसकी भिक्टोरिया अजारेन्कालाई २– १ सेटमा पराजित गर्दै ओसाकाले दोस्रो पटक उपाधि जित्नुभएको हो ।

पहिलो सेट ६–१ ले गुमाए पनि ओसाकाले त्यसपछि पुनरागमन गर्दै लगातार दुई सेट जित्नुभयो । उहाँले ६–३ , ६–३ ले बाँकी सेट आफ्नो पक्षमा पार्दै ट्रफी उचाल्नुभएको हो । सन् २०१३ पछि पहिलो पटक ग्राण्ड्स्लाम फाइनल पुगेकी अजारेन्काले उपविजेतामै चित्त बुझाउनुभयो । ओसाकाले यसअघि सन् २०१८ मा पनि युएस ओपन जित्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू