अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०२ | Colorodo: 12:17

नेकपाले पार्टी सदस्यहरूको सदस्यता नवीकरण गर्ने

बिआरटीनेपाल २०७७ भदौ २८ गते ६:५८ मा प्रकाशित

सत्तारूढ नेकपाले पार्टी सदस्यहरूको सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ । महाधिवेशनमा केन्द्रित रहेर सदस्यहरूको तत्काल नवीकरण गर्ने स्थायी कमिटीको निर्णय भएकाले अब यसबारेमा सर्कुलर हुने पार्टी कार्यालयका सचिव एवम् केन्द्रीय सदस्य ईश्वरी रिजालले जानकारी दिनुभयो ।

नेकपा संगठन विभागको आज बसेको बैठकले पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो । पूर्व एमालेका ५ लाख र पूर्व माओवादीका ३ लाख गरी ८ लाख पार्टी सदस्य रहेको नेकपाको दावी छ । संगठन विभागको बैठकले विभागको सदस्य र सचिवमा ज्ञानबहादुर भुजेललाई नियुक्त गर्न पार्टी सचिवलाई सिफारिस गरेको पार्टी कार्यालयका सचिव रिजालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू