अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५६ | Colorodo: 01:11

गृहमन्त्री थापा र पाकिस्तानका राजदूतबीच भेटवार्ता

बिआरटीनेपाल २०७७ भदौ २८ गते ६:५५ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापा र नेपालका लागि पाकिस्तानका राजदुत मझर जावेदबीच आज शिष्टाचार भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–पाकिस्तान द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको मन्त्री थापाको निजी सचिवालयले जनाएको छ

नेपालमा आफ्नो कार्यकाल पुरा गरी स्वदेश फर्कन लागेका राजदूत जावेदसँगको विदाई भेटमा गृहमन्त्री थापाले जावेदलाई सफल कार्यकालका लागि शुभकामना दिँदै नेपाल–पाकिस्तान सम्बन्ध थप बलियो बनाउन भूमिका खेलेकामा धन्यवाद दिनुभएको थियो । थापाले नेपाल र पाकिस्नाबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगका लागि पनि धन्यवाद दिनुभयो ।

राजदूत जावेदले नेपाल–पाकिस्तान सम्बन्धको चर्चा गर्दैै आफ्नो नेपाल बसाई सुखद रहेको भन्दै नेपाल र नेपालीबाट आफूले राम्रो सहयोग र न्यानो माया पाएको बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू