अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१३ | Colorodo: 05:28

विश्वभर २ करोड ८ लाख ५३ हजार ४ सय कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ भदौ २८ गते ६:४९ मा प्रकाशित

विश्वभर हालसम्म २ करोड ८ लाख ५३ हजार ४ सय ८७ कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या २ करोड ८९ लाख ८२ हजार ६ सय ३२ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये ९ लाख २५ हजार २ सय ६३ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि ७२ लाख ३ हजार ८ सय ८२ जना संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ६० हजार ८ सय ९९ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, ७१ लाख ४२ हजार ९ सय ८३ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । कोरोना भाइरसबाट प्रभावित हुनेहरुमा सबैभन्दा धेरै अमेरिकी नागरिक रहेका छन् । अमेरिकामा अहिलेसम्म ६६ लाख ७८ हजार १ सय ४९ जना संक्रमित भएका छन् भने १ लाख ९८ हजार १ सय ४८ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार भारतमा ४७ लाख ६४ हजार ७४ सय ८६ जना संक्रमित हुँदा ७८ हजार ७ सय २७ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ४३ लाख १५ हजार ८ सय ५८ जना संक्रमित भएका छन् भने १ लाख ३१ हजार २ सय ७४ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू